विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

काठमाडौं,साउन १० । बाँके, काठमाडौं, सिन्धुली र पाल्पामा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुर बस्ने मम्मु भन्ने २२ वर्षीय कृष्ण गडरिया र उनकै श्रीमती २१ वर्षीया अञ्जली गडरिया आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय कोहलपुर र अस्थायी प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिका–२४ बसन्तपुर कालभैरव मन्दिर पछाडी हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झागाझोलीस्थित बिपि राजमार्गको किनारामा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । पाल्पाको तिनाउ गाउँपालिका–५ तिनाउ खोलामा हाल पहिचान नखुलेकी करिब ३५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।