करेन्ट लागेर एकजनाको मृत्यु



सप्तरी,साउन १०। करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

खड्क नगरपालिका-११ लालपुर बस्ने ६० वर्षीय शत्रुधन मण्डलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।

आफ्नै खेतमा पानी लगाइरहेको मोटरको तार छुटाउने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्