नुवाकोटमा बाढीले बगाएर महिला जनप्रतिनिधिको ज्यान गयो
नुवाकोट,साउन १० । नुवाकोटमा बाढीले बगाएर एक जनप्रतिनिधिको ज्यान गएको छ ।
हालै सम्पन्न स्थानीय निर्वाचन २०७९ मा नेकपा (एमाले) काे तर्फबाट बेलकाेटगढी नगरपालिका वडा नम्बर १२ बाट निर्बाचित महिला सदस्य सुकुमैई तामाङकाे मंगलबार दिउँसाे बेलकाेट खाेला पार गर्ने क्रममा बगाएर उनको निधन भएको स्थानीयले बताएका छन ।
अनियन्त्रित रूपमा अाएकाे बाढीका कारण खोलाले बगाएर असामाहिक निधनप्रति नेकपा एमाले नुवाकोटले दुख व्यक्त गरेको छ ।

