कराँतेका दुई प्रशिक्षकद्धारा नसालु पदार्थ खुवाएर किशोरीमाथि बलात्कार गरेको खुलासा



काठमाडौं, साउन ११ । सामुहिक बलात्कारको आरोपमा पक्राउ परेका कराँतेका दुई प्रशिक्षकले किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको खुलाशा भएको छ ।

स्टाफ नर्स पढ्दै गरेकी १९ वर्षीया किशोरी बलात्कारको अभियोगमा प्रशिक्षकहरु सुरज स्वेदी र विनोद राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

सुवेदीमाथि पछिल्लो पटक गत असार २८ गते किशोरीको डेरामै पुगेर जबरजस्ती गरेको आरोप छ । दुई प्रशिक्षकले नसालु पदार्थ खुवाएर बलात्कार गरेको र भिडियो बनाएर किशोरीमाथि ब्ल्याकमेलिङ गर्दै पटक–पटक बलात्कार गर्दै आएको समेत खुलेको छ । राउत राष्ट्रिय खेलकुद परिषद मोरङका प्रशिक्षक हुन् भने सुवेदी संखुवासभाका प्रशिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्