बैंकिङ कसूर मुद्दाका फरार ३४ वर्षीय कृष्ण बाहादुर शाही पक्राउ



काठमाडौं,साउन ११ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुटवल उपमहानगरपालिका–११ घर भई हाल काठमाडौं टोखा बस्ने ३४ वर्षीय कृष्ण बाहादुर शाहीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ जेठ २६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख २० हजार रूपैयाँ जरिवाना र जरिवाना बमोजिमको बिगो फैसला भई फरार रहेका शाहीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले रुपन्देही सैनामैना नगरपालिका दुधराक्षबाट फेला पारी पक्राउ गरेको हो ।

शाहीले २०७५ चैत्र ०५ गते एनसिसि बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला ठहर गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्