जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी



रसुवा, साउन १२ । जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी परेका छन् । जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका हुन् ।

जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुले बताए

उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्ने हो भन्ने नखुलेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्