बोल्न र सुन्न नसक्ने महिलालाई बलात्कार गरी हत्या



लमजुङ,साउन १३ । लमजुङमा बोल्न र सुन्न नसक्ने एक महिलाको हत्या भएको खुलेको छ । 

जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा की २८ बर्षीया लिला अछामीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिला साउन १० गते मंगलबार साँझको समयदेखि हराई बेपत्ता भएको र उनको मोबाइल समेत स्विच अफ रहेको भन्दै बाबु डम्मरबहादुर सार्कीले प्रहरीमा खोजतलासका लागि उजुरी दिएका थिए । 

प्रहरीले महिलाको खोजतलास गर्दै जाने क्रममा साउन १२ गते बिहीबार दिउँसोको समयमा सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा खड्केपानी सामुदायिक बनको भीर खोचमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

लीला अछामीको घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही ठाउँ बस्ने २४ वर्षीय राम सुनार र लिला अछामी विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । 

साउन १० गते मंगलबार साँझको समयमा सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा खड्केपानीस्थित सामुदायिक वनमा आफ्नो प्रेमिका लिला अछामीलाई भेट्न बोलाई शारीरिक सम्बन्ध राख्दा लिलाले आफूलाई विवाह गर्नुपर्छ भनेकी थिइन । 

विवाह नगरेमा आफूहरुको सम्बन्ध स्थानीय मानिसलाई भनिदिने भनेकी थिइन । राम सुनार आफू विवाहित भएको कारण मृतक र आफूबिचको सम्बन्धको बारेमा स्थानीय समाजमा समेत होहल्ला हुने मुख्य कारणले हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्