प्युठानमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु,१४ जना घाईते
प्युठान,साउन १४ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा शनिवार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ। स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ आउंदै गरेको लु३च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षीय गुडिया (मायांदेवी)ठाकुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाईते भएका छन। त्यसमध्ये ९ जनाको अबस्था गंभीर छ । घाईतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको हो।
रुपन्देहिको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानिय जीप रिजर्व गरेर शुक्रवार दर्शनका लागि स्वर्गद्वारी आएका थिए। जीपमा १७ जना सवार थिए। ब्रेक नलागेर जीप दुर्घटनामा परेको बुझिएको छ।

