नागरिकता विद्येयक पास गरेर राष्ट्रघाती काम भयोः केसी



बुटवल,साउन १४ । सत्ता गठबन्धन ५ दलीय मोर्चामा रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विद्येयक पास गरेर संसदले राष्ट्रघाती काम गरेको आरोप लगाएका छन् ।

विदेशीलाई नागरिकता दिनका लागि खुकुलो नागरिकता विधेयक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको उनको तर्क छ ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि शुक्रबारदेखि बुटवलमा सुरु भएको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै वास्तविक नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने र गैरनेपालीलाई नागरिकता दिनै नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्