नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा अनुज जोशी चयन



नारायणगढ,साउन १४ । नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा अनुज जोशी चयन भएका छन् । शनिबार नारायणगढमा सम्पन्न अधिवेशनबाट ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा सिर्जना ताम्राकार, सचिवमा सुनिलकुमार श्रेष्ठ, कोषाध्यक्षमा राजु श्रेष्ठ र सहसचिवमा विनिता श्रेष्ठ चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरूमा भने मनिषा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, निरूता श्रेष्ठ र उमेश श्रेष्ठलाई चयन गरिएको छ ।  

नयाँ नेतृत्व चुनिनुपूर्व नेवा पत्रकार राष्ट्रिय दबू चितवनले नेवार समुदायबाट प्रतिनिधित्व गर्दै पत्रकारिता क्षेत्र र स्वास्थ्य क्षेत्रमा कार्यरत अग्रज व्यक्तित्वहरूलाई सम्मान गरेको थियो । पत्रकारितातर्फ नेपाल पत्रकार महासंघ चितवनका संस्थापक एवम् पूर्वअध्यक्ष महेन्द्रराज श्रेष्ठ, दबूका पूर्वअध्यक्ष अमरदेव प्रधान र नेवा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय उपाध्यक्ष एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष सन्दीपकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । 

यस्तै स्वास्थ्य क्षेत्रतर्फ डा अर्जुन श्रेष्ठ, डा बरूण श्रेष्ठ, डा सूर्यज्योति श्रेष्ठ र डा भक्तमान श्रेष्ठलाई सम्मान गरिएको दबू चितवनका निवर्तमान अध्यक्ष कमलमान श्रेष्ठले जानकारी दिए । नेवारी समुदायबाट प्रतिनिधित्व गरेर पत्रकारिता तथा स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्