नुवाकोट पञ्चकन्याका प्रमुख प्रशासकीय अधिकृत फेरिए, बिष्टको सम्मानसहित बिदाई
नुवाकोट,साउन १६ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पञ्चकन्यासहित ३ गाउँपालिकाका अधिकृत परिवर्तन गरेको हो ।
जिल्लाको पञ्चकन्या, सूर्यगढी र तादी गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका हुन् । जस अनुसार पञ्चकन्यामा राममणी काफ्ले आएका छन् । सूर्यगढी गाँउपालीकामा बिष्णु प्रसाद सुवेदी र तादी गाँउपालीकामा प्रयास भट्टराईलाई सरुवा गरिएको छ ।
पञ्चकन्या गाँउपालीकामा कार्यरत अशोक बिष्टलाई एक कार्यक्रमसहित सम्मानजनक बिदाई गरेको छ। सोमबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले बिष्टलाई बिदाई गरेको हो । गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले पालिकामा सदैव अशोक बिष्ट जस्तो हाकिमको आवश्यकता रहने बताए ।

