कार्यकक्षमै वडाअध्यक्ष मस्त निन्द्रामा परेपछि



कपिलवस्तु,साउन १७ । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाका वडा नं ७ का वडाअध्यक्ष शलिकराम यादव कार्यकक्षमा सुतेको तस्वीर सार्वजनिक भएको छ ।

वडा अध्यक्ष यादव कार्यालय समयमै कार्यकक्षमा रहेको शोफामा मस्त निदाएको तस्वीरमा देखिएको छ। वडा अध्यक्ष यादव दुबै खुट्टा माथि गरेर निदाएको देख्न सकिन्छ । अध्यक्ष कार्यकक्षमा निदाउदा सेवाग्राहीको काम समेत प्रभावित भएको छ ।

सेवा लिन आएका सेवाग्राही समेत वडाअध्यक्ष नउठदा सम्म तोक लगाउन कठिनाइ खेप्नु परेको छ ।बनरडिहवाबाट सेवा लिन वडा कार्यालय पुगेका सेवाग्राही भन्छन वडाअध्यक्ष निदाउदा हाम्रो काम दुई घण्टा ढिलो भयो । मानपुरका स्थानीय नागरिक भन्छन सेवा गर्न आएका हुन कि सुत्न बुझ्नै सकिएन ।

प्रतिक्रिया दिनुहोस्