अर्घाखाँचीमा भेटिएको शबको सनाखत
अर्घाखाँची,साउन १७ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरमा वेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ।
उक्त शव प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर–४ का २८ वर्षिय कुशल केसीको रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिए ।
स्काभेटर चलाउने काम गर्न अर्घाखाँची गएका केसि यहि आईतबारदेखी सम्पर्कबिहिन भएका थिए । मंगलबार बिहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यश सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रमुख प्रहरी नायव उपरिक्षक थापाले बताएका हुन ।

