दुई किलाे गाँजा सहित दुईजना पक्राउ



चितवन,साउन १९ । जिल्ला प्रहरी कार्यालय चितवनले दुई किलाे गाँजा सहित दुई जनालाई पक्राउ गरेकाे छ ।

कार्यालयका अनुसार पक्राउ पर्नेमा पूर्वि चितवनकाे खैरहनी नगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय सुकलाल माेक्तान र ३४ बर्षिय दिपक घिसिङ तामाङ रहेका छन् ।

कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार तामाङकाे घर पछाडि दुई जनाले बाेकी रहेकाे अबस्थामा उनिहरुलाई पक्राउ गरिएकाे हाे ।पक्राउ परेका उनिहरुलाई सात दिनकाे म्याद थप गरि अनुसन्धान सुरु गरिएकाे कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्