खोलामा तैरिरहेको अवस्थामा शिशुको शव भेटियो
झापा,साउन २० । झापाको मेचीनगर नगरपालिका–७ को स्थानीय खोलामा एक शिशुको शव फेला परेको छ ।
स्थानीय पालिया खोलामा नवजात शिशुको शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान शुरु भएको छ ।
ईलाका प्रहरी कार्यालय मेचीनगर काकडभिट्टाका अनुसार पूर्वपश्चिम राजमार्गदेखि ५० मिटर दक्षिणमा शिशुको शव पानीमा तैरिरहेको देखेपछि स्थानीयले शुक्रबार विहानै प्रहरीलाई खबर गरेका थिए ।
खोलाबाट शव निकालेर आवश्यक अनुसन्धान शुरु गरिएको र शवको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ रहेको छ । बगाएको वा कसैले फ्याकेको भन्ने अनुसन्धानपछि थाहा हुने प्रहरीले जनाएको छ ।

