समाजवादी पार्टी मोरङ संयोजकमा त्रिलोचन गौतम चयन



काठमाडौं,साउन २२ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा केहि महिना अघि गठन भएको नेपाल समाजवादी मोरङको संयोजक चयन भएको छ । संयोजकमा त्रिलोचन गौतम चयन भएका हुन् ।

उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपाबाट अलग भएका भट्टराईले नेपाल समाजवादी पार्टी खोलेका थिए ।

गौतमको नेतृत्वमा मोरङमा ५१ सदस्य जिल्ला कार्यसमिति चयन भएको छ । गौतम बाबुरामको विश्वासिलो पात्रको रुपमा चिनिन्छ ।

नयाँ शक्ति गठन भएदेखि नै संघीय परिषदको सदस्य रहेका गौतम उपेन्द्र यादवसँग पार्टी एकीकरण गरेर जनता समाजवादी बन्दा पनि संघीय परिषद् सदस्य एवम् मोरङ जिल्ला उपाध्यक्ष समेत बनेका थिए । संगठनको काममा दिनरात आफ्नै लगानीमा काम गर्ने गौतमले पछिल्लो समय समाजसेवीको रुपमा समेत आफ्ना छुट्टै छवि बनाएका छन् । गौतमका अनुसार जसपामा रहेका अन्य साथीहरु पनि आउने भएकाले जिल्ला कार्यसमिति गरीएको छैन ।

अहिले ५१ जना सक्रिय सदस्यहरु आईसकेको र अरु प्रमुख पदमा रहेका व्यक्तिहरु आउने भएकोले जिल्ला समितिलाई विस्तार नगरेको बताएका छन् । केही दिनमा नै कार्यसमितिलाई विस्तार गरी अगामी निर्वाचनमा लक्षित कार्यक्रम अघि बढाउने तयारी भएको गौतमले बताए ।

मोरङ प्रत्येक क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशमा उम्मेदवारी दिने गरी काम अघि बढाएको उनले बताए । उनले आफै नै प्रदेश सभाको ६ (ख) वाट उम्मेदवारी दिने तयारी बताए ।

प्रतिक्रिया दिनुहोस्