आयातमा प्रतिबन्धको असर : असारमा मोबाइल फोनको आयात शून्य



काठमाडौं,साउन २४ । वैदेशिक मुद्राको घट्दो सञ्चितिसँगै नेपाल सरकारले दशओटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । ती वस्तुमध्ये पर्ने मोबाइल फोनको आयातमा पनि प्रतिबन्धको असर परेको छ ।

असारमा यसको आयात शून्यमा झरेको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्सार विभागबाट प्रकाशित मासिक तथ्यांक हेर्दा असोजमा सर्वाधिक रू. ६ अर्ब ८१ करोडको मोबाइल फोन आयात भएको छ ।

गत आर्थिक वर्षमा मोबाइल फोनको कुल आयात भने ३८ अर्ब ६ करोड ६९ लाख रुपैयाँको भएको छ ।

प्रतिक्रिया दिनुहोस्