करिब आठ हजार कन्या पुजिए



काभ्रेपलान्चोक,भदौ ३ । भ्रेपलाञ्चोक जिल्लाको बनेपामा हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा कन्याहरुको पूजा गरिएको छ । 

विगत १२० वर्षदेखि बनेपालीहरुले सनातन कन्या पुजा प्रबन्ध समितिमार्फत कन्याको पूजा गर्दै आएका छन् । शुक्रबार बनेपामा आयोजना गरिएको कन्या पूजामा झण्डै आठ हजार कन्या पुजिएको समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिए । 

उनले कन्याहरुको पूजा गर्दा उनीहरुमा सुख, शान्ति, समृद्धिका साथै निरोगी हुने जनविश्वासका साथै पूजा गर्ने व्यक्तिलाई समेत राम्रो हुने विश्वासले हरेक वर्ष कन्याको पूजा गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्