नुवाकोट थानापतिबाट रबि लामिछानेले गरे खुट्टा भाचिएका युवकको उद्धार
नुवाकोट,भदौ ५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिबाट एक खुट्टा भाचिएका युवकको रबि लामिछानेले उद्धार गरेका छन् ।
नुवाकोट जिल्लाकाे राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रम सकेर राजधानी काठमाडौ जाने क्रममा छहरे-टोखा सडकखण्डमा सवारीसाधन नपाएर तड्पिरहेका युवकको आफन्तजनको अनुरोध पश्चात् घाइते युवकको उद्धार गरेका हुन।
थानापतिस्थित स्थानीय डिलबहादुर तामाङका ११ वर्षीय छोरा लुली तामाङको रबि लामिछाने र दिपक बोहरा लगायतको समूहले उद्धार गरेको हो ।
खुट्टा भाचिएका युवक तामाङको हाल महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उपचार भैरहेको बताइएको छ । पछिल्लो समय छहरे-टोखा सडक खण्डमा रुटगत सवारीसाधन दिउँसो २ बजेदेखि नचल्ने भएपछि स्थानीयले यस्को मार खेप्दै आइरहेका छन् ।

