बालेन नेतृत्वको टोलीले भत्कायो काठमाडौं प्लाजाअघिका अवैध संरचना
काठमाडौं,भदौ ८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल भत्काएको छ ।
त्यस्तै खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू समेत भत्काएको छ ।
उता रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर अनुरोधका साथ उनका टोली फर्किएको छ ।

