‘दुई हजार टन जडिबुटी’ नेपालगञ्जमै थन्कियो
नेपालगन्ज,भदौ ९ । भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिँदा नेपाली जडिबुटी नेपालगञ्जमै थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडिबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमै थन्किएको हो ।
कारोबार नहुँदा जडिबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए । आफ्नो पनि एक करोड मूल्य बराबरको उत्पादन थन्किएको उनको गुनासो छ । नेपाल जडीबुटी संघ बाँकेले गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको थियो ।
यो वर्ष हालसम्म दुई हजार टनमात्र जडीबुटी निर्यात भएको छ । नेपालका विभिन्न जिल्लामा संकलन गरिएको ३० प्रकारको जडीबुटी बाँके ल्याउने गरिएको थियोे । सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको संघका अध्यक्ष टंकप्रसाद शर्माको आरोप छ ।

