भरतपुरमा १० करोड लगानीमा टायल शोरूम सञ्चालन
चितवन,भदौ १० । भरतपुरमा १० करोड लगानीमा ‘भर्मोरा टाइल्स एण्ड बाथवेयर शोरूम’ सञ्चालनमा ल्याइएको छ । चितवनका युवा व्यवसायी नवराज पोखरेल र सन्दीप अर्यालले भरतपुर महानगरपालिका–१२ मिलनचोकमा उक्त शोरूम सञ्चालनमा ल्याएका हुन् ।
बिहीवार एक कार्यक्रमका बीच बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल र उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उक्त शोरूमको उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री जम्रकट्टेलले युवाको लगानीले व्यवसायको प्रवद्र्धनमा मद्दत पुग्ने बताए । उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायले चितवनको आर्थिक विकासमा टेवा पुग्ने बताए ।
शोरूमका सञ्चालक पोखरेलले भर्मोरा विश्वविख्यात ब्राण्ड भएकाले नेपालमा यो शोरूमको १६औं शाखा सञ्चालन गरिएको बताए । अर्का सञ्चालक अर्यालले अहिलेको आर्थिक मन्दीको अवस्थामा पनि सेवा र राज्यलाई करमा केही सहयोग पुर्याउन शोरूमले थोरै भए पनि सघाउ पुग्ने बताए ।

