झोरमा रहेको नयाँ सूर्यमुखी महिला कृषक समूहले मनायो तीज विशेष कार्यक्रम
काठमाडौं,भदौ १० । टोखा नगरपालिका वडा नम्बर १ मा रहेको नयाँ सूर्यमुखी महिला कृषक समूहले तीज विशेष कार्यक्रम मनाएको छ ।
शुक्रबार झोरस्थित झरना पार्टी प्यालेसमा आयोजित कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियोे । मेयर अधिकारीले सास्कृतिक पहिचानको एक भाग तीज रहेकाले देखासिखी नभई आफ्नो औकात अनुसार चाडपर्व मनाउनु पर्ने बताए ।
कार्यक्रममा एमालेका नेता कृष्णप्रसाद अधिकारी, पूर्व वडा अध्यक्ष श्रीकृष्ण अधिकारी, एमाले पार्टी वडा नम्बर १ का अध्यक्ष दिलबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियोे । सो समूहमा आबद्ध विभिन्न टोलका महिलाले विविध प्रस्तुति राखेका थिए ।

