काङ्ग्रेस नेता महत दाज्युभाइ नुवाकोटमा, समृद्धिका लागि चुनाव जित्नैपर्ने तर्क
नुवाकोट, भदौ १० । काङ्ग्रेस नेताद्वय रामशरण महत र प्रकाशशरण महत एउटै कार्यक्रममा एक साथ देखिएका छन् । चुनावी मिति नजिकिदै गर्दा काङ्ग्रेसको गठबन्धन भन्दा भित्री चाल चुनावमा जसरी जित्ने लक्ष्य रहेको एक श्रोतले जनाएको छ ।
शुक्रबार तीजको कार्यक्रममा सहभागी हुन लिखु गाउँ पालिकाको चौघडा पुगेका महत दाज्युभाई विगतमा नुवाकोटको विभिन्न क्षेत्रमा विकास निर्माणका कार्यक्रमबारे खुलेर स्मरण गरे ।
कार्यक्रममा भाइ प्रकाशशरण महतले दाज्युको कार्यकालमा सडक संजाल र पुल निर्माणले गर्दा नुवाकोटे जनतालाई हालसम्म राहत मिलेको बताए । ‘हामी चाहान्छौ नुवाकोटको हरेक गाउँपालिकामा हिउँदे वर्षे चल्ने मोटरबाटो निर्माण गर्न चाहान्छौ’ – नेता प्रकाशशरण महतले भने- ‘हामीले हाम्रो कार्यकालमा हजारौं युवालाई बैंकिङ क्षेत्रमा जागिर लगायौ, अब पनि यहाँका युवाले जागीर चाहेको खण्डमा त्यस्मा सहयोग गर्छौ ।’
अब मंसिर ४ गते निर्वाचन हुँदैछ, प्रदेश र संघीय सांसदको निर्वाचन हुँदैछ, सरकारले त्यो निर्णय गरिसक्यो,अब धेरै समय हाम्रो सामू बाकी छैन, अब देशमा समृद्धि सिर्जनाका लागि यो देशमा, यो नुवाकोटमा नेपाली काङ्ग्रेसको नेतृत्वको आवस्यक छ । आफुहरुलाई जिताउन अनुरोध गर्दै नेता महतले अब नुवाकोटको बाकी बिकास पुर्णताका लागि नेपाली काङ्ग्रेसलाई विजयी गराउन अनुरोध गरे।

