पहिरोमा पुरिएर आमाछोरीको मृत्यु, एक बेपत्ता



पश्चिम रुकुम,भदौ १२ । शनिबार रातिबाट परेको अविरल वर्षाका कारण आइतबार आएको पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ । खोलाले बगाउँदा एक बृद्ध बेपत्ता भएका छन् भने एक बालिकाको जीवितै उद्धार गरिएको छ ।   

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार जिल्लाको आठबीसकोट नगरपालिका १४ पीपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका १ मैदैकी ३० बर्षिया बालमती राना र उहाँकी दुई बर्षिया छोरी प्रतिक्षा राना रहनुभएको छ । पहिरोमा आमा र बहिनीसँगै परेकी १२ बर्षिया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको छ ।  

आइतबार बिहान जाजरकोटको नलगाड नगरपालिका –१ स्थित माइतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उहाँहरु पीपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लागेका थिए । सोही समयमा घर माथिबाट आएको पहिरोमा परेर उनीहरु पुरिएका थिए । 

प्रतिक्रिया दिनुहोस्