जलविद्युत आयोजनाहरुलाई सहजीकरण गर्ने मन्त्री यादवको प्रतिबद्धता



काठमाडौँ,भदौ १४ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन क्षेत्रमा पर्ने जलविद्युत आयोजनाहरुलाई सहजीकरण गर्ने बताएका छन् ।

सोमबार मन्त्री यादव तथा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाका पदाधिकारीहरुबीच मन्त्रालयमा भएको भेटघाट तथा छलफलका क्रममा मन्त्री यादवले वन क्षेत्रमा पर्ने जलविद्युत आयोजनाहरुलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन।

उक्त भेटघाट तथा छलफलका क्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाका पदाधिकारीहरुले वन क्षेत्रमा पर्ने जलविद्युत आयोजनाहरुलाई सहजीकरण गरिदिन आग्रह गरेका थिए । पदाधिकारीले राख्नु भएका मागका विषयमा आफ्नो उपस्थिति वन तथा वातावरण मन्त्रालयका कर्मचारी र संस्थाका पदाधिकारीहरुबीच छलफल राखेर समस्या समाधान गरिने जानकारी दिइएको थियोे ।

प्रतिक्रिया दिनुहोस्