रुखले लागेर गम्भीर घाइते नुवाकोट लिखुकी डङोलको उपचार जारी
नुवाकोट,भदौ १४ । रुखले लागेर गम्भीर घाइते नुवाकोट लिखु गाउँपालिका वडा नम्बर ६ भट्ट थोककी इन्द्रमाया डङोलको उपचार जारी रहेको उनको आफन्तजनले बताएका छन् ।
सालको पात टिप्न गएकी इन्द्रमायालाई सुख्खा पहिरोसंगै ढलेको रुखले गम्भीर घाइते बनाएको छ । घाइतेलाई ट्रमा सेन्टरमा भर्ना गरिएपनि हाल शिक्षण अस्पतालको आइसियु कक्षमा उपचार भैरहेको घाइते इन्द्रमायाकी छोरा बासु डङोलले बताए ।
घाइतेको टाउको, करङ र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ ।

