नेप्सेमा सामान्य सुधार आउँदा ७ उपसूचकमा हरियाली, कारोबार खुम्चियो १ अर्बमा
काठमाडौं,भदौ १४ ।शेयर बजारमा आज आएर झिनो सुधार देखिएको छ । शेयर बजार झिनो लाग्दा लगानीकर्ताहरु आन्दोलिन बन्न पुग्ने अवस्था फेरी पनि सिर्जना भएको छ । बजारमा नयाँ स्टक एक्सचेञ्ज खोल्ने हल्लाले लागनीकर्ताहरु आन्दोलिन बन्न पुग्ने अवस्था आएको छ । शेयर लगानीकर्ता एकता समितिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिइओ कृष्ण बहादुर कार्कीलाई पुँजीबजार सुधारका लागि सहमति भएका १९ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् । धितोपत्र बोर्डले प्रस्ताव गरेको ब्रोकर लाइसेन्स सम्बन्धि नीतिगत प्रस्ताव मन्त्रिपरिषदमा गएर रोकिएर सरकारका केहि मन्त्रीहरुको तर्फबाट तेस्लाई असफल पार्ने भूमिका खेलिएको भन्ने आरोप सहित आक्रोशित सेयर लगानीकर्ता एकता समिति नेप्से पुगेका हुन्। त्यसको असर पनि शेयर बजारमा परेको हुन सक्ने आंकलन गरीएको छ ।
शेयर बजार निरन्तर राताम्य हुदअै जाँदा कारोबार समेत खुम्चिदै गएको छ । शेयर बजारमा लागनी गर्ने बातारण आजै सिर्जना भएको अनुभुति लगानीकर्ताहरुले गर्ने पाएका छैन । मंगलबार नेपाल स्टक एक्सचेञ्ज –नेप्सें) २.१९ अकंले बढेर १९९५.२१ बिन्दुमा बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३.७६ अकंले बढेर १९९३.०२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार शेयर बजारमा केही सामान्य सुधार देखिएसँगै ७ उपसूचकमा हरियाली छाएको छ । आज ब्यापार समूहको ०.०८ प्रतिशत, विकास बैंक समूहको ०.१७ प्रतिशत, अन्य समूहको २.२९ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.०९ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.१२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२९ प्रतिशतले शेयर मूल्य बढेको हो ।

