बेपत्ता नुवाकोटका चालक बुद्धिबहादुर मृत भेटिए



काठमाडौं,भदौ १४ । रोल्पाको माडी खोलामा जीप दुर्घटनामा बेपत्ता चालक मृत भेटिएका छन् । शुक्रबार राति भएको जिप दुर्घटनामा परी नुवाकोट ककनीका चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ बेपत्ता भएका थिए ।

बा ७ च ५००२ नम्बरको जिप शुक्रबार राति शहीद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजार नजिकै सडकबाट माडी खोलामा खस्दा चालक ककनी गाउँपालिका–४ जगरेका तामाङ बेपत्ता भएका थिए ।

घटनाको तीन दिनपछि मंगलबार खोजी कार्यमा संलग्न प्रहरी टोलीले तामाङको शव घटनास्थलदेखि करिब दुई किलो मिटर तल खोला किनारमा फेला पारेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्