टोखाको झोरमा रहेको लशकुश खलले निकाल्यो बासुरी र लाखे नाच
काठमाडौं,भदौ १४ । टोखा नगरपालिकाको वडा नम्बर १ मालुङ झोरमा रहेको लशकुश खलले बासुरी र लाखेनाच निकालेको छ ।
हरितालिका तीजको अवसरमा सो समूहले बासुरी तथा लाखे नाच निकालेको हो । चाडपर्वको वास्तविक स्वरुप नै हराउदै गएको परिप्रेक्ष्यमा उक्त समूहको बासुरी तथा लाखेनाचले केहि हदसम्म संस्कृती जोगाउन सक्ने स्थानीय युवा सुमन धिताल बताउछन् ।
लशकुश खलले पछिल्लो समय सामुहिक नृत्य तथा बाद्यवादन मार्फत विभिन्न कला समुदायको कार्यक्रममा प्रदर्शन गर्दै आइरहेका छन् । त्यस्तै सामुहिक कामकाजमा समेत यसप्रकारका प्रस्तुति उनीहरुले देखाउदै आएका छन् ।

