कुरकुरे आयात खुल्ला, १५० सिसी माथीका माेटरसाइकल अझै प्रतिवन्ध
काठमाडौं,भदौ १४ । आयातमा प्रतिवन्ध लगाएकाे छ । सरकार आयातमा जथाभावी वस्तुलाई राेकेर आवश्यक बस्तुमा अझै प्रतिवन्ध लगाएकाे छ ।
सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धको समय फेरि लम्ब्याएको छ । यसअघि सरकारले भदौ १४ सम्म कायम रहेकोमा पुनः अशाेज २८ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयात प्रतिवन्धको समय थप गरेको हो ।
सरकारले अनआवश्यक र स्वास्थ्यका दृष्टिले अखाद्या रहेकाे कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाकाे छ ।
यी बस्तुकाे तुलनामा पर्यटन बढाउन आवश्यक विदेशी मदिरा मदिरा, गाडी, मोबाइल र १५० सीसी भन्दा माथिका मोटरसाइकलको आयात प्रतिवन्ध कायम गरेको छ ।

