आउदो चुनावका लागि १० हजार लठ्ठी खरिद गर्दै प्रहरी
काठमाडौं,भदौ १४ । आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा चुनावको सुरक्षाका लागि तयारी थालेको छ । प्रहरीले सुरक्षाका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि अर्थमन्त्रालयले बजेटको पनि व्यवस्था गरेको छ ।जसअनुसार प्रहरीले आगामी चुनावका लागि १० हजार थान लठ्ठी खरिद गर्ने भएको छ ।
प्रहरीले प्रतिलठ्ठी २०० रुपैयाँका दरले १० हजार लठ्ठी खरिद गर्ने भएको हो । लठ्ठी खरिदका लागि २० लाख रुपैयाँ खर्च हुने छ । प्रहरीलाई आउँदो चुनावका लागि ७ अर्ब ९९ करोड ४९ लाख दुई सय रुपैयाँ बजेट प्राप्त भएको छ । सोहीबाट सबै बन्दोबस्त गुर्न पर्ने हुन्छ । सो रकम म्यादी प्रहरीका लागि समेत हो । प्राप्त बजेट नेपाल प्रहरीका लागि १ अर्ब २३ करोड ५० लाख ९९ हजार दुई सय तथा म्यादी प्रहरीका लागि ५ अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ ।
यो बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक थापाले जानकारी दिए ।

