नौ लाख पैसा चोरेर भाग्दै गर्दा नुवाकोट ककनीका बुद्धि पक्राउ
नुवाकोट,भदौ १६ । नौ लाख पैसा चोरेर भाग्दै गरेका नुवाकोट ककनी गाउँपालिकाका एक पुरुष पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ०२ घर भई हाल जिल्ला काठमण्डौ महानगर वडा नम्बर १५ डल्लु बस्ने बर्ष ४२ को बुद्धि तामाङ रहेका छन् ।
तामाङले भदौ १३ गते काठमाडौं महानगरपालिका २६ मा एउटा घरमा तेश्रो तलाको किचेनको झ्यालबाट घरभित्र प्रवेश गरी नगद रकम चोरी गरेका थिए । तामाङलाई फेला पारी खानतलासी गर्दा उनले बोकेको नीलो फाइबरको झोलाभित्र रु. ९,५२,९९०। नगद फेला पारेको बताइएको छ ।

