मध्यपहाडी लोकमार्ग अवरुद्ध



काठमाडौँ,भदौ १६ । पहिरोले मध्यपहाडी लोक मार्ग अवरुद्ध भएको छ ।

पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा सो मार्ग अवरुद्ध भएको हो।

तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले बिहीबार बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए । वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनले बताए । पहिरो पन्छाउन डोजर खटाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्