जिपको ठक्करबाट पैदल यात्रीको ज्यान गयो
बझाङ,भदौ १६ । जिपको ठक्करबाट बझाङमा बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको ।
ओखेडाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । नगरपालिका–६ घर भएका जिप चालक दीपेन्द्र धामी भने फरार रहेका छन् ।

