सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु



काठमाडौँ, भदौ १६ । सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय अमित थामी रहेका छन् ।

उनीहरु मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै थिए । सो क्रममा थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

उनकी आमा र बहिनी भने सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्