रबि नेतृत्वको पार्टीले दाङ गढवामा पालिका स्तरीय भेला गर्ने
दाङ,भदौ १६ । आगामी मंसिर ४ गते हुने निर्बाचनलाई लक्षित गर्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको गढवामा पालिका स्तरीय भेला गर्ने भएको छ। सनिवार गढवा उद्योग बाणिज्य संघको सभाहलमा हुने भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला सभापतिसहित प्रदेशस्तरिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सदस्य देब राज पाठकले उक्त भेलामा उपस्थितिका लागि सबैलाई अनुरोध गर्नुभयो।
पालिका स्तरीय भेलामा पालिका समिति समेत गठन गरिने राष्ट्रिय स्वतन्त्र पार्टी गढवा गाउपालिकाले जनाएको छ ।

