टोखा नगर भित्र अतिक्रमण गरिएका सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न ३५ दिने सुचना जारी
काठमाडौं ,भदौ १७ । टोखा नगरपालिकाको सेवा क्षेत्रमा रहेका सार्वजनिक तथा सरकारी जग्गा तत्काल खाली गर्न नगरपालिकाले अनुरोध गरेको छ । सार्वजनिक जग्गालाई व्यक्तिगत प्रयोजन गरिएका जग्गा खाली गर्न नगरले ३५ दिने सार्वजनिक सूचना निकालेको हो ।
भदौ ९ गतेको नगर कार्यपालिकाको बैठकको यहि निर्णयअनुसार उक्त सूचना निकालेको हो। ३५ दिनभित्र अतिक्रमित सरकार तथा सार्वजनिक जग्गा खाली गराउन सबै वडाकार्यालयहरुलाई सूचना टाँस्न नगरले निर्देशन दिइसकेको छ । ३५ दिनभित्र खाली नगरे नगरपालिकाले नगरपालिकाको कानुनअनुसार अघि बढ्न नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठकद्धारा जारी सुचनामा जनाइएको छ ।
टोखा नगरपालिकाको प्रमुख प्रकाश अधिकारी र उपप्रमुख मुरारी तामाङले टोखाको सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिने स्पष्ट पारे ।



