एकीकृत समाजवादी प्युठानले गर्‍याे उम्मेदवारको नाम सिफारिस



प्युठान,भदौ १७ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेकपा एकीकृत समाजवादी प्युठानले संघीयसँगै प्रदेशका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । हालै सम्पन्न पार्टी बैठकले प्रतिनिधिसभाका लागि टिकाराम रिजाल, शान्ता आचार्य र भोजविक्रम बुढा मगरको नाम सिफारिस गरेको हो ।

प्रदेशसभातर्फ ‘क’ का लागि कृष्ण रायमाझी, हिमालय रिजाल र सरिता सुनारको नाम सिफारिस गरिएकाे छ।

यसैगरी प्रदेश सभा ‘ख’ का लागि दलबहादुर केसी, गुमानराज पुलामि र मिना थापाको नाम सिफारिस गरिएको एकीकृत समाजबादी प्युठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्