चितवनमा माईक्रोबस दुर्घटना हुंँदा १६ जना घाईते
चितवन,भदौ १७ । चितवनमा माईक्रो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा भरतपुर महानगरपालिका–२९ जुगेडीमा बा ३ ख ४६५४ नम्बरको माइक्रो बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जुगेडी पुलमा माईक्रोबस अनियन्त्रित भई पल्टदा चालकसहित १६ जना घाइते भएको जानकारी दिए ।
घाइते मध्ये १३ जनाको चितवन मेडिकल कलेजमा र ३ जनाको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

