अर्घाखाँची क्षेत्र नम्बर १ मा एमालेबाट आचार्य सर्वसम्मत उम्मेदवार



गुल्मी,भदौ १८ । नेकपा एमालेले अर्घाखाँची क्षेत्र नं.-१ को प्रदेश सभा सदस्यमा चेतनारायण आचार्यलाई उम्मेदवार बनाउने भएको छ। नेकपा एमाले १ नं. प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका आचार्यलाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।

केही महिना लुम्बिनी प्रदेश सरकारका आन्तरिक कानुन तथा न्याय मन्त्री समेत रहेका आचार्य अर्घाखाँची जिल्लाका लोकप्रिय नेता हुन । स्पष्ट विचार राख्ने उनले अर्घाखाँचीको बिकास निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । उमले सरकारमा रहेको छोंटो समयमा पनि जनसरोकारका थुप्रै काम गरेर ख्याति कमाएका थिए । सर्वसम्मत उम्मेदवार चयन भएपछि नेता आचार्यले पदमा रहँदा वा नरहेको अबस्थामा पनि आफु सदैव जनताको सेवामा समर्पित हुने बताए । उनले पार्टी निर्णय लाई सहर्ष स्वीकार गर्दै सबै क्षेत्र बाट सहयोग पाउने अपेक्षा समेत प्रकट गरे ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आसन्न संघ र प्रदेशको निर्वाचन नेकपा एमालेले जित्ने बताए । उनले अहिले मुलुकमा दुई पक्ष बीच प्रतिस्पर्धा भैरहेको भन्दै राष्ट्रियताको रक्षा बिकास र समृद्धिको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । वर्तमान परमादेश सरकारका कारण मुलुकमा बिकास निर्माणको काम अबरुद्ध भएको ,भ्रष्टाचारबढेको ,अनियमितता र अस्थिरताले प्रश्रय पाएक‍ो भन्दै उहाँले ५ दलिय गठबन्धनलाई जनताले निर्वाचनमा परास्त गर्ने बताए ।

नेकपा एमाले १ नं. प्रदेश समन्वय कमिटीका संयोजक रामबहादुर रायमाझीको अध्यक्षता , सह-संयोजक बालकृष्ण आचार्यको स्वागत मन्तव्य र मालारानी गाउँ पालिका कमिटीका अध्यक्ष सालिकराम आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल ,एमाले केन्द्रीय कमिटीका सदस्य तथा सह-ईन्चार्ज चेतनारायण आचार्य ,एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य द्वय नरेन्द्र कुमार क्षेत्री ,लक्ष्मण रायमाझी ,नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजी प्रसाद घिमिरे ,जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई अत्यधिक बहुमतले बिजयी गराउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्