बाइकको पछाडि बसेर टिकटक बनाउँदा भीरबाट झरेर एक युवकको मृत्यु



दाङ,भदौ १९ । टिकटक बनाउने क्रममा लडेर दाङमा एक युवकको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजेतिर टिकटक बनाउने क्रममा मोटरसाइकबाटै भीरमा झरेका युवकको मृत्यु भएको हो ।

सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट भीरमा झर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेको प्रहरीले जनाएको छ ।

रातिको समयमा मृतक केसी झण्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई रातिनै उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । तर उनलाई अस्पताल पुर्याइए लगत्तै अस्पतालले मृतक घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्