नुवाकोट एमालेबाट क्षेत्र नम्बर १ मा बद्री मैनालीकाे नाम सिफारिस



नुवाकोट,भदौ १९ । नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा बद्री मैनालीकाे नाम सिफारिस भएकाे छ ।

एमाले नुवाकाेटकाे अध्यक्ष समेत रहेका मैनालीकाे नाम आइतबार बसेकाे क्षेत्रीय कमिटी बैठकले सिफारिस गरेकाे हाे । साेही बैठकले समानुपातिकमा विन्दा ढुंगानाकाे नाम एकल सिफारिस गरेकाे छ । ढुंगाना एमाले नुवाकाेटकाे इन्चार्ज समेत हुन् ।

साे बैठक अघि भएकाे प्रदेशसभा `क´ काे बैठकले प्रदेश कमिटीका सदस्य बलराम आचार्यसहित ८ जनाकाे नाम प्रदेशसभाका लागि सिफारिस गरेकाे छ । सिफारिस हुने अन्यमा बागमतीकै सदस्य मिलन लामा, जिल्ला कमिटीका उपसचिव निलकण्ठ आचार्य, जिल्ला कमिटी सदस्य मनोज उप्रेती, स्थानीय चुनावअघि सुनबहादुरसहित कांग्रेसबाट एमाले प्रवेश गरेका सुशील खड्का, राजकुमार पण्डित, केदार थापा र गणेश पाण्डे रहेका छन ।

प्रतिक्रिया दिनुहोस्