डोटी राजधानी बनाउन नसके राजीनामा दिन्छु भन्ने आलेको फेरी दोहोरीयो राजधानीको आश्वासन
काठमाडौं,भदौ २० । २०७४ को निर्वाचनमा मुख्य एजेण्डा नै प्रदेशको राजधानी डोटी बनाउने नारा लिएर चुनावी मैदानमा आएका पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेम बहादुर आले मगरले डोटीले बासिलाई फेरी राजधानी कै आश्वासन दिएका छन् । सोमबार (भदौ २० गते) डोटी विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको शिलान्यासका लागि पुगेका आलेले गोदावरीमा वन जँगलका कारण राजधानीका संरचना निर्माणमा बाधा पुगेको हुदाँ त्यसलाई पुन बिचारका लागि लाग्ने आश्वासन दिएका हुन ।
सरकारले मंसिर ४ गतेका लागि संघ र प्रदेशको चुनाव घोषणा गरेसँगै आले गृहजिल्लामा निर्वाचनको माहोल बनाउन दौडधुप गरी रहेका छन् ।प्रतिनिधि सभा सदस्यमा डोटीबाट जित्ने बेला नै दिपायलमा राजधानी भएन भने सांसद पदबाट राजीनामा दिने बताए थिए । राजधानी डोटी बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र माधन नेपाललाई भेटेर दीपायल भनेको सेन्टर पोइन्ट सुदूरपश्चिमको केन्द्रबिन्दु भएकाले त्यहा राजधानी राख्नुपर्छ भनेको र दुबै जना सकारात्मक रहेको बताए तर दुर्भाग्यवश नेकपाको सरकार नबन्दै अस्थायी राजधानी घोषणा भएको हुदाँ डोटी राजधानी बनाउन नसकेको भन्दै आले उम्किन खोजेका हुन । आलेले अस्थायी राजधानी घोषणा गरिएपछि पनि आफूले प्रयास गरेको दाबी गरे।
सोमबार उनले डोटीमा ५ करोड बढी बजेटमा बन्ने विमामनस्थलको टर्मिनल भवनको शिलान्यास गरेका हुन्।

