पल शाहले पाए सफाई, बाल यौन दुरुपयोगकाे मुद्दामा साढे २ वर्ष कैद सजाय
नवलपुर,भदौ २१ । नाबालिग जबर्जस्तीकरणी अभियोगमा जेल चलान भएका अभिनेता पल शाहले सफाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले अभिनेता शाहलाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको हो ।
मंगलबार यज्ञप्रसाद आचार्यको इजलासले उक्त फैसला गर्दै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ ।
गत चैतमा पीडितका बाबुले प्रहरीमा उजुरी दिएपछि अभिनेता शाह आफैँ प्रहरीकहाँ उपस्थित भएका थिए । पीडितका बुवाले अभिनेता शाहमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरेका थिए ।

