सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी, आखिर को हुन ती युवती?
काठमाडौं,भदौ २३ । नेपाली क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको छ ।
१७ वर्षीय नाबालिगले जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा जाहेरी दिएपछि यसबारे खुलेको हो ।
बलात्कार भएको भन्दै एक किशोरीले मंगलबार प्रहरी वृत गौशलामा लामिछानेविरुद्ध जाहेरी दिएकी छिन । युवती नुवाकोटको भएको एक श्रोतले जनाएको छ । ती युवती बागबजारको एक कलेजमा पढ्ने समेत बुझिएको छ । यद्यपि प्रहरीले आफ्नो गोपिनियता राख्दै यसबारे कुनै कुरा खुलाएको छैन ।
जाहेरीमा ती किशोरीले भक्तपुरको विभिन्न स्थानमा लगेर आफुलाई काठमाडौं ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलमा जबर्जस्ती करणी गरेको आरोप जाहेरीमा उल्लेख गरेकी छिन् ।

