छहरे-टोखा सडकखण्ड अवरुद्ध



नुवाकोट,भदौ २२ । छहरे-टोखाको सैनिक पोस्ट नजिकै गएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ।

बुधबार दिउँसो गएको सो पहिरोले यस सडकखण्ड हुँदै आवतजावत गर्ने सवारीसाधन बिचैमा रोकिएका छन् ।

सैनिक इलाका नजिकै गएको पहिरो पन्छाउने प्रयास भैरहेको एक सैनिकले बताए ।

त्यस्तै यस सडकखण्डको गुर्जे हुँदै खोलेगाउ जाने सडकमा समेत बुधबार विहान पहिरो खसेको थियोे । सडकको पहिरो पन्छाई हाल सडक सुचारु भैसकेको समुन्द्रादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्