देवदह नगरपालिकाद्वारा एक सय दिनको उपलब्धि सार्वजनिक



रुपन्देही,भदौ २२ । रुपन्देहीको देवदह नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछिका १ सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाले बुधबार निर्वाचित जनप्रतिनिधिको कार्यकालको एक सय दिनको कार्यक्रम आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेको हो । विवरणमा स्थानीय सरकारले गरेका ६० वटा काम समेटिएको छ। नगरप्रमुख धुब्र प्रसाद खरेलले एक सय दिनको प्रगति विवरण प्रस्तुत गरेका हुन ।

एक सय दिनमा ६० काम

१. सबै कर्मचारीहरु कार्यालय समयमै उपस्थित भई सेवा प्रवाहको कार्य प्रारम्भ गर्नु अगाडी राष्ट्रिय गानमा सहभागी हुने कार्यको थालनी गरिएको ।

२. स्थानीय सरकार संचालन ऐन, २०७४ ले तोकेको समयमै नगरसभा सम्पन्न भएको ।

३. देवदह नगरपालिका वा सो अन्तर्गतका कार्यालयलाई प्रविधि मैत्री बनाई अभिलेख व्यवस्थापन तथा सेवा प्रवाह चुस्त दुरुस्त बनाउनको लागि तपशिल बमोजिमका कार्यको प्रक्रिया अगाडी बढाईएको ।

क. नगर कार्यपालिकाको कार्यालयमा डिजिटल डिस्प्ले सहितको नागरिक वडा पत्र
ख. डिजिटल प्रोफाइललाई अद्यावधिक गरि डिजिटल हाउजिङ्ग नम्बरिङ्ग कार्य
ग. सबै वडा कार्यालयमा CCTV जडान गर्ने कार्य ।

४२. आ.व. २०७९/८० का लागि ६७ जना मेलमिलापकर्ता सुचिकृत गरिएको ।

४३. नगरपालिकाका १२ वटै वडामा मेलमिलाप संयोजक तोकी मेलमिलाप केन्द्रहरु बाट मिलमिलापको कार्य भईरहेको ।

४४. यस अवधिमा तपसिल बमोजिमका ३ वटा ऐन तथा ३ वटा कार्यविधि निर्माण गरिएको।

क. देवदह नगरपालिकाको आर्थीक ऐन, २०७९ देवदह नगरपालिकाको विनियोजन ऐन, २०७९
ख. देवदह नगरपालिकाको जलस्रोत उपयोग सम्बन्धी ऐन, २०७९
ग. देवदह नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसंचालन कार्यविधि, २०७९
घ. मृगौला प्रत्यारोपण गरेका, डाएलाईसीस गरिरहेका, क्यान्सर रोगि र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउने सिफारिस समिति कार्यविधि, २०७९

ङ. देवदह नगरपालिकाको स्वास्थ्य संस्थाहरुमा रहेका कर्मचारी प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०७९

च. देवदह नगरपालिकाको टोल विकास संस्था कार्यविधि, २०७५ को दफा ३ को उपदफा ३ मा देहाय बमोजिम संशोधन गरीएको ।

प्रतिक्रिया दिनुहोस्