म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी



चौतारा,भदौ २३ । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ड म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् ।

नेपाल ओरियन्ड म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदूरले मासिक रू तीन हजारदेखि चार हजारसम्म कमाउने गरेको सुनकोसी गाउँपालिका–५ का युवराज बस्नेतले बताए ।

पटकपटक सञ्चालनमा ल्याउने हल्ला चले पनि हालसम्म सञ्चालनमा नआउँदा करोडौं मूल्य बराबरको उद्योगको सामान कबाडीका रूपमा थन्किएको र पाटपुर्जा चोरी भइसकेको बताइएको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति कार्यक्रममा समेट्दै बजेटको व्यवस्था गरेर खरी उद्योग सञ्चालनका लागि प्रारम्भिक पहल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्