विदुर खानेपानीमा एमाले प्यानलनै अगाडि



विदुर,भदौ २३ । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बुधबार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । ८४७ मत गणना हुँदा सञ्जिब बहादुर श्रेष्ठको प्यानलै अगाडी देखिएको छ । एमाले–राप्रपा गठबन्धनले अग्रता लिएको हो । काँग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार पछाडी परेका छन् ।

सबै भन्दा बढी मतान्तर (२६९) सचिव पदमा देखिएको छ भने कम मतान्तर (७०) सदस्य पदमा छ ।

अध्यक्षमा सञ्जिब बहादुर श्रेष्ठ (एमाले) ले ५२४, छत्रराज डंगोल (काँग्रेस) ले २८५ मत पाएका छन् । अध्यक्ष पदमा दुई जना बीच २३९ को मतान्तर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्